Year: 2024
Type: article
Abstract: प्रस्तुत लेख नेपाली कवितामा समानान्तरतासम्बन्धी अध्ययनमा केन्द्रित छ । यो अनुसन्धान गुणात्मक प्रकृतिको भएकाले सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यसमा विश्लेषणका लागि छनोट गरिएका कवितालाई प्राथमिक सामग्रीका रूपमा लिइएको छ भने समानान्तरताको सिद्धान्तसँग सम्बन्धित पुस्तक तथा लेखहरूलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । यसमा नेपाली कवितामा समानान्तरताको प्रयोग के कसरी भएको छ भन्ने कुराको अध्ययन गर्दा निगेल फेबले परिभाषित गरेको संरचनात्मक, शास्त्रीय र आर्थी समानान्तरताका आधारमा गरिएको छ । कविता विश्लेषण गर्दा यसमा वर्णनात्मक र विश्लेषणात्मक विधि प्रयोग गरिएको छ । यस अध्ययनबाट समानान्तरताको प्रयोगले नेपाली कवितालाई लयात्मक, गेयात्मक, साङ्गीतिक, आलङ्कारिक र काव्यिक बनाएको छ भन्ने निष्कर्ष प्राप्त भएको छ ।
Source: शोधसुधा Shodh Sudha
Institution: Tribhuvan University
Language: Nepali
Subfield: Literature and Literary Theory
Field: Arts and Humanities
Domain: Social Sciences
Open Access status: bronze
OpenAlex ID: W4402136205
