Work

भाषा शिक्षकहरुको वृत्ति विकासमा विश्वविद्यालयहरुको योगदान

Year: 2024
Type: article
Abstract: प्रस्तुत आलेख भाषा शिक्षकहरूको वृत्ति विकासमा विश्वविद्यालयहरूको योगदानबारे केन्द्रित छ । नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा तथा शिक्षाको माध्यम भएकाले नेपाली भाषामा शिक्षण गर्न शिक्षकको वृत्ति र विकासको आवश्यकता पर्दछ । शिक्षकको वृत्ति विकासका लागि शिक्षा ऐन २०२८ तथा नियमावलीअनुसार शिक्षा मन्त्रालयको मातहतमा विभिन्न विश्वविद्यालयहरूले काम गर्दै आएका छन् । यी विश्वविद्यालयहरूले शिक्षकको पेसागत विकासमा पु¥याएको योगदानका साथै पेसागत विकासका आधारहरू र आवश्यकताका बारेमा यस लेखमा चर्चा गरिएको छ । उच्च शिक्षाका लागि सञ्चालन गरिएका अध्ययन संस्थान तथा सङ्काय मिलेर बनेको संस्थालाई विश्वविद्यालय भनिन्छ । उच्च शिक्षाका विभिन्न विषयहरू अध्ययन गरिने संस्था नै विश्वविद्यालय हो । यी संस्थाले प्रत्यक्ष वा परोक्ष रूपमा नेपाली भाषा शिक्षकको पेसागत उन्नयनमा सहयोग गरी दक्ष शिक्षक निर्माणमा योगदान पु¥याएका छन् । लेख तयार पार्न पुस्तकालयको उपयोग गरी सङ्कलित प्राथमिक र द्वितीयक स्रोतका सामग्रीलाई तर्क, प्रमाण र उदाहरणका आधारमा विश्लेषण गरिएको छ । शिक्षकलाई नवीनतम विधि तथा प्रविधिसँग परिचित गराउनुका साथै अद्यावधिक गराउने कार्यमा यी संस्थाको महत्त्वपूर्ण भूमिका रहेको छ । यस लेखमा शिक्षकको वृत्ति र विकासमा योगदान पु¥याउने शिक्षाशास्त्र सङ्कायले अध्यापन गराउने विश्वविद्यालयलाई मात्र लिइएको छ । अध्ययनले शिक्षकको वृत्ति र विकासमा विश्वविद्यालयहरूले प्रभावकारी भूमिका खेल्नु पर्ने निष्कर्ष निकालिएको छ । मुख्य शब्दावलीः गुणात्मक, पूनर्ताजगीकरण, एकीकृत, प्राविधिक,तालिम, वृत्ति
Author: Hema Joshi
Language: Nepali
Subfield: Education
Open Access status: bronze
OpenAlex ID: W4405829338
FWCI:
Cites: 8
Cited by:
Related to: 10