Work

होशले होशियार कवितामा वीर रस {Bravery in the Poem 'Hoshle Hoshiyar'}

Year: 2026
Type: article
Abstract: प्रस्तुत लेख मूलतः कवि नवराज लम्सालको ‘होशले होशियार’ कवितामा वीररससम्बन्धी अध्ययनमा केन्द्रित छ । कवि नवराज लम्सालले नेपाली साहित्यका फुटकर कविता, महाकाव्य र गीतजस्ता विधामा कलम चलाएका छन् । उनका कर्ण, धरा, अग्नि र कल्प गरी चार महाकाव्य, पाइलैपिच्छे सगरमाथा, आगो छोपेर कतिञ्जेल र क्रमशः एक्लै एक्लै गरी तीन कविता सङ्ग्रह प्रकाशित भएका छन् भने धुनभित्र धुनबाहिर गीतसङ्ग्रह र उडूँ उडूँ लाग्छ बालगीत सङ्ग्रह पनि प्रकाशित छन् । ‘होशले होशियार’ कविता युट्युब र विभिन्न अनलाइनहरूमा सार्वजनिक गरिएको कविता हो । कवितामा प्रयुक्त रसले काव्यको सौन्दर्य, शैली, अर्थ, अभिप्राय र प्रभाकारिता निर्धारणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसै अन्तर्गत वीररसलाई लाई मानेर यस कवितामा विभाव र स्थायीभाव बिचको सम्बन्ध, अनुभाव र स्थायीभाव बिचको सम्बन्ध, व्यभिचारी भाव र स्थायीभाव बिचको सम्बन्ध र ‘होशले होशियार’ कवितामा स्थायीभावको साधारणीकरण र वीररसका आधारमा ‘‘होशले होशियार’ कविताको अध्ययन, अनुसन्धान र विश्लेषण गरिएको छ । कविताको अन्य आधारका साथै रसगत आधार पनि उत्तिकै महत्त्वपूर्ण भएको हुनाले वीररसका दृष्टिले यो कविता अध्ययनीय छ ।
Source: THE ACADEMIA
Language: Nepali
Open Access status: hybrid
OpenAlex ID: W7127072035
FWCI:
Cites:
Cited by:
Related to: 10